हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौँ : सुदन गुरुङ

हिमाल प्रेस २७ कार्तिक २०८२ १५:५६ | Thursday, November 13, 2025
18
SHARES
हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौँ : सुदन गुरुङ

काठमाडौँ- जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङले आफूहरूको माग पूरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन्।

मतदाता नामावली संकलनमा देखिएका समाधानका लागि भएको पहलका बारेमा बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका गुरुङले जेनजी युवाहरू निर्वाचनका लागि नभई देशमा देखिएका बेथितिविरुद्ध लडेको भन्दै आफूहरूको माग पूरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका हुन्।

उनले आफूहरूलाई विभिन्न दलसँग जोडेर टीकाटिप्पणी भइरहेको भन्दै आपत्ति जनाए। आफू कुनै दलमा आबद्ध नभएको र निर्वाचनमा आफू नलड्ने उनले स्पष्ट पारे।

उनले जनेजी आन्दोलनको माग पूरा गर्नुभन्दा सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित रहनु राम्रो नभएको बताए। गुरुङले अहिलेको अवस्थामा गृहमन्त्रीलाई परिवर्तन गर्नुपर्ने अवस्था देखिएको बताए।

गृहमन्त्रीले गरेको प्रतिबद्धताअनुसार काम गर्न नसकेकाले गृहमन्त्रीबाट नेपाली जनतालाई न्याय दिने कुरामा कुनै विश्वास नरहेको बताए।

प्रकाशित: २७ कार्तिक २०८२ १५:५६ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast