लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना महानगरले भत्कायो

हिमाल प्रेस २७ कार्तिक २०८२ १५:१८ | Thursday, November 13, 2025
8
SHARES
लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना महानगरले भत्कायो

काठमाडौँ– नेपाल स्काउटको लैनचौरस्थित जग्गामा खड्का ल्यान्ड डेभलपर प्रालिले निर्माण गरेको संरचनालाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ।

स्काउटले बाँकी वक्यौता तिर्न यही कात्तिक २० गते उक्त कम्पनीलाई सातदिने सूचना जारी गरेको थियो। तर, बुधबारसम्म बक्यौता नतिरेपछि स्काउटले ती संरचना हटाइदिन काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको थियो।

स्काउटको अनुरोधमा महानगर प्रहरी बलको टोलीले बिहीबार ती संरचना भत्काएको महानगरीय प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

स्काउटका जग्गामा रहेका पार्टी प्यालेस, रेष्टुरेन्टलगायत संरचनाको नक्शा पाससमेत नरहेको उनले बताए।

प्रकाशित: २७ कार्तिक २०८२ १५:१८ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast