स्काउटको जग्गामा पूर्वमन्त्री खड्काले बनाएको संरचनामा चल्यो डोजर

हिमाल प्रेस २७ कार्तिक २०८२ ९:३७ | Thursday, November 13, 2025
6
SHARES
स्काउटको जग्गामा पूर्वमन्त्री खड्काले बनाएको संरचनामा चल्यो डोजर

काठमाडौँ- नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ। पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो।

अन्यथा त्यहाँ बनाइएका भवन तथा सामान जफत गर्ने चेतावनी दिइएको थियो। पछिल्लो ताकेताको म्याद सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर पुगेका हुन्।

प्रकाशित: २७ कार्तिक २०८२ ९:३७ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast