राजस्थानसँग भिड्दै नेपाली महिला राष्ट्रिय टोली

हिमाल प्रेस २७ कार्तिक २०८२ ७:४५ | Thursday, November 13, 2025
10
SHARES
राजस्थानसँग भिड्दै नेपाली महिला राष्ट्रिय टोली

काठमाडौँ- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज भारतको देहरादुनमा राजस्थानसँग प्रतिस्पर्धा गर्दैछ।

भारत भ्रमणमा रहेको नेपाली टोलीले पहिलो खेलमा आज राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको नेपाल क्रिकेट संघले जनाएको छ। नेपाल र राजस्थानबीचको खेल देहरादुनस्थित चिदरवाला रंगशालामा हुनेछ।

उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा आजदेखि देहरादुनमा मैत्रीपूर्ण प्रतिक्रियोगिता सुरु हुँदैछ। प्रतियोगिता मंसीर ३ गतेसम्म चल्नेछ।

प्रतियोगितामा नेपालले भारतको राजस्थान, पश्चिम बङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले बताए। नेपालले दोस्रो खेलमा कात्तिक २८ गते उत्तराखण्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, कात्तिक २९ गते पश्चिम बंगालसँग, मंसिर १ गते राजस्थानसँग, मंसिर २ गते उत्तराखण्डसँग र अन्तिम खेलमा मंसिर ३ गते पश्चिम बंगालसँग प्रतिस्पर्धा गर्नेछ।

विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत भ्रमणमा गएको हो। यो प्रतियोगिताले खेलाडीको क्षमता बढ्ने चन्दको भनाइ छ। इन्दु बर्माको नेतृत्वमा रहेको नेपाली टोलीमा कविता कुँवर, साना परविन, रुबिना क्षेत्री, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सवनम राई, विन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी छन्।

प्रकाशित: २७ कार्तिक २०८२ ७:४५ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast