बागमती प्रदेश : विद्यालय संख्या घट्यो, विद्यार्थी बढे

हिमाल प्रेस २५ कार्तिक २०८२ १३:५९ | Tuesday, November 11, 2025
14
SHARES
बागमती प्रदेश : विद्यालय संख्या घट्यो, विद्यार्थी बढे

काठमाडौँ- बागमती प्रदेशमा विद्यालय संख्या घटेको छ। प्रदेशको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार शैक्षिक सत्र २०८० मा ६,८३७ विद्यालय सञ्चालनमा थिए। शैक्षिक सत्र २०८१ मा सो सङ्ख्या २.१२ प्रतिशतले घटेर ६,६९२ कामय रहेको नेपाल राष्ट्र बैंकको बागमती प्रदेशसम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ।

शैक्षिक सत्र २०८० मा कुल विद्यार्थी संख्या १३ लाख ४६ हजार ८ सय ५८ रहेकोमा शैक्षिक सत्र २०८१ मा १.५८ प्रतिशतले बढेर कुल विद्यार्थी संख्या १३ लाख ६८ हजार २ सय ३९ छ। शैक्षिक सत्र २०८१ म भर्ना भएका १३ लाख ६८ हजारमध्ये ४७.५८ प्रतिशत विद्यार्थी सामुदायिक र ५२.४१ प्रतिशत संस्थागत विद्यालयमा भर्ना भएका छन्।

बागमती प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी सञ्चालित १८ आङ्गिक शिक्षालय, ११५ सामुदायिक शिक्षालय र १५१ सार्वजनिक–निजी शिक्षालय गरी जम्मा २८४ शिक्षालय छन्।

प्रकाशित: २५ कार्तिक २०८२ १३:५९ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast