काठमाडौँ- हङकङ सिक्सेसमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ।
शनिबार बिहान दक्षिण अफ्रिकाविरूद्धको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो।
नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमै पूरा गर्यो। दक्षिण अफ्रिकाका ब्लेक सिम्प्सनले नट आउट ३० रन बनाए। उनले ९ बलमा २ चौका र ३ छक्का हाने।
ओपनर जोरिच भ्यान साल्कवेकले १७, अबदुल्लाह बेयोमीले १६ रन जोड्दा कप्तान जोर्डन मोरिस शून्यमै आउट भएका थिए। बलिङतर्फ नेपालका लोकेश बमले २ विकेट लिए। पहिले ब्याटिङ गरेको नेपाल ३।३ ओभरमै अल आउट हुँदै ५८ रन जोडेको थियो।
नेपालका लागि रसिद खानले १६ रन बनाए। लोकेश बमले १४, मोहम्मद आदिल आलमले १३, रूपेस सिंहले ७ र कप्तान सन्दीप जोराले ६ रन बनाउँदा बसिर अहमद शून्यमा आउट भए।
बलिङतर्फ दक्षिण अफ्रिकाका अब्दुल्लाह बेयोमी, ब्लेक सिम्प्सन र जोरिच भ्यान साल्कवेकले २र२ विकेट लिए।
शुक्रबार नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो। नेपालको समूहबाट अफगानिस्तान र दक्षिण अफ्रिका क्वार्टरफाइनल पुगेको छ।
प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन्। नेपाल, अफगानिस्तान र दक्षिण अफ्रिका समूह ‘ए’मा छ। समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड र यूएई छन्। समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान, समूह ‘डी’ मा बंगलदेश, हङकङ र श्रीलंका छन्।
*शीर्षक सच्याइएको



