काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश भागमा आज मौसम सफा रहने जनाएको छ। विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ।
विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
प्रकाशित: २१ कार्तिक २०८२ ६:४१
प्रतिक्रिया



