धनकुटा- शिक्षा विकास निर्देशनालय धनकुटाले माध्यमिक तहको गणित विषयमा महिला समूहतर्फका उम्मेदवार सिफारिस स्थगित गरेको छ।
निर्देशनालयका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखा सानोठिमी, भक्तपुरको मिति २०८२ कात्तिक १९ गतेको पत्रसहित सम्मानित सर्वोच्च अदालतले २०८२ कात्तिक ११ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशका आधारमा सिफारिस प्रक्रिया रोकिएको हो।
सर्वोच्च अदालतको आदेशमा शिक्षक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन नं.३०२०३/८१/८२ अन्तर्गत गणित विषय, महिला समूहतर्फका उम्मेदवार सिफारिस कार्य कार्यान्वयन नगर्न निर्देशन दिइएको छ।
निर्देशनालयले जारी गरेको सूचनामा भनिएको छ,‘उम्मेदवार सिफारिस गर्दा एकीकृत योग्यताक्रमअनुसार जिल्ला सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था रहेको र नतिजा परिवर्तन भएमा योग्यताक्रम समेत प्रभावित हुनसक्ने भएकाले अर्को आदेश वा निर्देशन प्राप्त नहुञ्जेलसम्म सिफारिस प्रक्रिया रोकिएको हो।’




