धरमरायो नेपाली ब्याटिङ, सस्तैमा गुमायो ४ विकेट

हिमाल प्रेस १९ कार्तिक २०८२ १३:२५
12
SHARES
धरमरायो नेपाली ब्याटिङ, सस्तैमा गुमायो ४ विकेट

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपाली ब्याटिङ लाइन कमजोर बनेको छ।

मध्यक्रममा ३ ब्याटर लगातार आउट हुँदा ब्याटिङ लाइन धर्मराएको हो। राम्रो साझेदारी बनाइरहेका भीम सार्की र आसिफ सेखको साझेदारी तोडिएपछि नेपाली ब्याटिङ लाइन कमजोर बनेको हो।

१७ दशमलव ४ ओभरमा ३४ रन बनाएर खेलिरहेका आसिफ रनआउट भएका थिए। त्यसपछि क्रिज सम्हाल्न पुगेका कप्तान रोहित पौडेल पनि टिक्न सकेनन्। आसिफसँग राम्रो साझेदारी बनाएका भीम सार्की पनि अर्धशतकको नजिक ४८ रनमा आउट भए। त्यसपछि अहिले आरिफ सेख र दीपेन्द्रसिंह ऐर क्रिजमा छन्।

नेपालले २७ दशमलव २ ओभरको मा ४ विकेटको क्षतिमा ११२ रन बनाएको छ। लिग २ अन्तर्गत यूएई भ्रमणको यो अन्तिम खेल हो। आजसम्म हार मात्र ब्यहोरेको नेपाली टोली २ अंक बटुलेर स्वदेश फर्किने योजनामा छ।

प्रकाशित: १९ कार्तिक २०८२ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast