विद्युतको आन्तरिक माग बढाउन काम भइरहेको छ : ऊर्जामन्त्री

हिमाल प्रेस १८ कार्तिक २०८२ १४:१८
6
SHARES
विद्युतको आन्तरिक माग बढाउन काम भइरहेको छ : ऊर्जामन्त्री फाइल तस्बिर

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उत्पादित विद्युत्् देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन्।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले विद्युत् खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुलोको प्रयोगलगायतलाई प्रोत्साहन गरिएको उल्लेख गरे।

अहिले मुख्य रूपमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारत तथा बंगलादेशतर्फ निर्यात गरिए पनि पहिलो प्राथमिकता देशभित्रै खपत बढाउने भएको उनले बताए।

यसका लागि चार्जिङ पूर्वाधारको विस्तार, खाना पकाउन प्रयोग भइरहेको काठदाउरा, ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापना लगायतका काम गरी विद्युत्् माग वृद्धि गर्न सकिने घिसिङले बताए।

उनले ऊर्जा दक्षता, ऊर्जा, रुपान्तरण र विद्युतको आन्तरिक माग बढाउन कार्ययोजनासहित काम अगाडि बढाएको जानकारी दिए।

मन्त्री घिसिङले वायु उर्जामा निजी लगानीलाई प्रोत्साहन गर्न इच्छुक कम्पनीलाई सहयोग गर्न विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्न तयार रहेको उल्लेख गरे।

सौर्य ऊर्जालाई ग्रिडमा आबद्ध गर्ने र भण्डारण गर्न सरकारको नीति रहेको उनको भनाइ छ।

प्रकाशित: १८ कार्तिक २०८२ १४:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast