हराएका यात्रुको शव खोजी गरिँदै, पहिचान भएका शव आफन्तलाई बुझाइँदै

हिमाल प्रेस २ माघ २०७९ ७:४३
4
SHARES
हराएका यात्रुको शव खोजी गरिँदै, पहिचान भएका शव आफन्तलाई बुझाइँदै फाइल तस्बिर।

काठमाडौँ- पोखरामा भएको यति एअरलायन्सको विमान दुर्घटनास्थलमा आज पनि खोजी र उद्धारको काम भइरहेको छ। विमानमा रहेका ७२ जनामध्ये अझै चार जनाको अवस्था थाहा हुन नसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

सेती नदीको खोँचमा विमान दुर्घटना भएकाले उद्धारमा समस्या भएको छ। हिजो बेलुकी अबेरसम्म खोजी गर्दा पनि चार जनाको अवस्था थाहा हुन सकेको छैन। बाँकी ६८ जनाको शव हिजै फेला परेको छ। पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव आज पोखरामा नै आफन्तको जिम्मा लगाउने लगाउने तयारी छ।

काठमाडौँका आफन्त र विदेशी यात्रुका शवलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी छ।

प्रकाशित: २ माघ २०७९ ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =