काठमाडौँ- सोमबार सुनको मूल्य अघिल्लो दिनकै कायम छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा नै कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सामान्य उतारचढाव भए पनि त्यसको प्रभाव आजको मूल्यमा परेको छैन। पछिल्ला चार दिनमा भने सुनको मूल्यमा तोलामा ३ हजार ४ सय रुपैयाँले वृद्धि भएको छ।
गत बिहीबार सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।
यसैबीच, चाँदीको मूल्यमा भने आज वृद्धि भएको छ। अघिल्लो दिन ३ हजार ५५ रुपैयाँ प्रतितोला रहेको चाँदी आज ५ रुपैयाँ बढेर ३ हजार ६० रुपैयाँमा पुगेको छ। असोज ३१ गते चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँसम्म पुगेको रेकर्ड रहेको छ।



