आईसीसी विश्वकप क्रिकेट लिग–२ : यूएई र अमेरिका भिड्दै

हिमाल प्रेस १७ कार्तिक २०८२ ७:३२
6
SHARES
आईसीसी विश्वकप क्रिकेट लिग–२ : यूएई र अमेरिका भिड्दै

काठमाडौँ- नेपाल समेत संलग्न आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अन्तर्गतको यूएई शृंखलामा आज अमेरिका र यूएई भिड्दैछन्।

यूएई भ्रमणमा उनीहरूबीच यो दोस्रो पल्ट भेट हुन लागेको हो। यसअघिको खेलमा अमेरिकाले यूएईमाथि ४ विकेटको जित निकालेको थियो। यूएई जितको दबाबमा छ। लिग २ को तालिकामा १८ खेलबाट ८ अंक रहेको यूएई तालिकाको पुच्छारमा छ।

अमेरिका भने २३ खेलबाट ३४ अंक ल्याएर तालिकाको शीर्ष स्थानमा छ। नेपाल यूएईभन्दा माथि सातौँ स्थानमा छ। यूएई भ्रमणमा नेपालले अब एक खेल अर्थात यूएईसँग भिड्न बाँकी छ। यसअघिका तीन खेल नै नेपालले गुमाएको छ।

प्रकाशित: १७ कार्तिक २०८२ ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast