आईसीसी एकदिवसीय महिला विश्वकप : उपाधिका लागि भिड्दैछन् भारत र दक्षिण अफ्रिका

हिमाल प्रेस १६ कार्तिक २०८२ ७:२२
6
SHARES
आईसीसी एकदिवसीय महिला विश्वकप : उपाधिका लागि भिड्दैछन् भारत र दक्षिण अफ्रिका

काठमाडौँ- आईसीसी एकदिवसीय महिला विश्वकपको फाइनलमा आज भारत र दक्षिण अफ्रिका पहिलो पटक आमने–सामने हुँदैछन्। ​

नवी मुम्बईको डीवाई पाटिल स्टेडियम खेल अपरान्ह सवा ३ बजे सुरु हुनेछ। दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा इङ्ल्यान्डलाई १ सय २५ रनको फराकिलोअन्तरले पराजित गर्दै पहिलो पटक फाइनलमा स्थान बनाएको हो।

दोस्रो सेमिफाइनलमा सात पटकको विश्व विजेता अस्ट्रेलियालाई पाँच विकेटले हराउँदै भारतले तेस्रो पटक महिला विश्वकप फाइनलमा स्थान बनाएको थियो।

रोचक के छ भने, समूह चरणमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई हराएको थियो भने अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो। त्यसका बाबजुद पनि दुबै टोली पहिलो विश्वकप उपाधिको नजिक पुग्न सफल भए।

समूह चरणमा दक्षिण अफ्रिकाले ७ खेलमध्ये ५ जित र २ हारसहित १० अंक बटुलेर तेस्रो स्थान हासिल गर्‍यो। भारतले ७ खेलमा ३ जित, ३ हार र १ बिनातिजासहित ७ अंक बटुलेर चौथो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो।

प्रकाशित: १६ कार्तिक २०८२ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast