ललितपुरको थकाली चुलो एन्ड क्याफेबाट चितुवाको छालासहित दुई पक्राउ

हिमाल प्रेस १४ कार्तिक २०८२ ६:०१ | Friday, October 31, 2025
22
SHARES
ललितपुरको थकाली चुलो एन्ड क्याफेबाट चितुवाको छालासहित दुई पक्राउ फाइल तस्बिर।

ललितपुर- नेपाल प्रहरीले ललितपुरको बिएन्डबी अस्पताल नजिकैको एक क्याफेबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक चक्र जोशीले बिहीबार ललितपुर महानगरपालिका-१७ स्थित बिएन्डबी अस्पताल ग्वार्को छेउमा रहेको आगमन थकाली चुलो एन्ड क्याफेबाट अवैध रूपमा लुकाइछिपाई राखेको चितुवाको छालासहित दुई जनालाई पक्राउ गरिएको बताए।

‘नेपाल सरकार वन तथा संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संरक्षित जीवहरूको सूचीमा रहेको चितुवाको छाला अवैध रूपमा लुकाइछिपाई कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुग्यो, त्यहाँ भेटिएका शंकास्पद व्यक्तिहरू जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका–५ का वर्ष ४६ की मथुरा विक र जिल्ला काठमाडौँ शङ्खरापुर नगरपालिका–६ का वर्ष ४० की रामदेवी श्रेष्ठलाई चेकजाँच र खानतलासी गर्दा निजहरूमध्ये रामदेवी श्रेष्ठले बोकेको सेतो हातेझोलाभित्र चितुवाको छालाजस्तो देखिने ओखेटो पहार एक थान फेलापरेको छ,’ उनले भने।

उनीहरूबाट कलर्स कम्पनीको किप्याड मोबाइल एक थान र आइटेल कम्पनीको एन्डरोइड फोन एक थान फेला पारिएको छ भने प्रहरीले नियन्त्रणमा लिएर उनीहरूमाथि थप अनुसन्धान गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८२ ६:०१ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast