गृहले जिल्ला सुरक्षा समितिहरूलाई भन्यो- क्षतिबारे निजी क्षेत्रसँग छलफल गर्नू

हिमाल प्रेस १३ कार्तिक २०८२ २०:४५ | Thursday, October 30, 2025
22
SHARES
गृहले जिल्ला सुरक्षा समितिहरूलाई भन्यो- क्षतिबारे निजी क्षेत्रसँग छलफल गर्नू गृह मन्त्रालय

काठमाडौँ- गृह मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको हानि नोक्सानीबारे निजी क्षेत्रसँग छलफल गर्न जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयको आज (बिहीबार) को सचिवस्तरीय निर्णयानुसार आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रसमेतमा सम्पत्तिको हानि नोक्सानी भएका सम्बन्धमा अनुकूल व्यावसायिक वातावरण तयार गर्न र त्यहाँ जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य संघलगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न भनिएको हो।

मन्त्रालयले भनेको छ, ‘गत भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको विदितै छ, जिल्ला सुरक्षा समितिका पदाधिकारीसमेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य स‌ंघलगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न/गराउनु अनुरोध छ।’

प्रकाशित: १३ कार्तिक २०८२ २०:४५ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast