बाल विकासले माग्याे राहत शिक्षक

हिमाल प्रेस १३ कार्तिक २०८२ १५:५६
554
SHARES
बाल विकासले माग्याे राहत शिक्षक

काठमाडौँ- काठमाडौँ महानगरपालिका-२८ क्षेत्रपाटीस्थित बाल विकास आधारभूत विद्यालयले एक जना नि.मा.वि. (गणित) विषयका राहत शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। विद्यालयले खुला प्रतियोगितामार्फत शिक्षक नियुक्ति गर्न लागेको हो।

विद्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक नेपाली नागरिकले आवश्यक कागजातहरू संलग्न गरी १५ दिनभित्र अर्थात् कात्तिक २५ गतेसम्म विद्यालय समयभित्र आवेदन दिन सक्नेछन्। उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। साथै, मान्यता प्राप्त शैक्षिक संस्थाबाट गणित विषयमा १२ कक्षा वा सो सरह उत्तीर्ण गरेको र अध्यापन अनुमति पत्र प्राप्त गरेको हुनुपर्ने विद्यालयले जनाएको छ।

परीक्षा लिखित र अन्तर्वार्ता माध्यमबाट हुनेछ भने आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा पनि सञ्चालन हुन सक्नेछ। परीक्षा दस्तुर रु. १,००० तोकिएको छ। उक्त दस्तुर  नेपाल बैंक लिमिटेडको बाल विकास आधारभूत विद्यालयको खाता नं. ००२००१००५०६४०००००००१ मा जम्मा गरी भौचरसहित आवेदन दिनुपर्नेछ। ICT सम्बन्धी ज्ञान र अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने विद्यालयले जनाएको छ।

आवेदन फारम विद्यालयमै उपलब्ध छ।

प्रकाशित: १३ कार्तिक २०८२ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast