‘परान’ ले पायो ६४ साे

हिमाल प्रेस १३ कार्तिक २०८२ १३:४० | Thursday, October 30, 2025
4
SHARES
‘परान’ ले पायो ६४ साे

काठमाडौँ- दीपक प्रसाद आचार्य (काकु) को डेब्यु निर्देशनमा बनेको फिल्म ‘परान’ को टिकट बुकिङ खुलाइएको छ। भोलि अर्थात् कात्तिक १४ देखि प्रदर्शन हुने फिल्मको देशका प्रायः हलले बुकिङ खुलाएको छ।

फिल्मले अहिलेसम्म ६४ भन्दा बढी साे पाएको निर्माण कम्पनीले जनाएकाे छ। आज साँझसम्म केही थप हुने सम्भावना रहेको टिमको दाबी छ।

बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्य हुन्।

भावनात्मक पारिवारिक कथामा बनेको फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन्। शिवराम श्रेष्ठले छायांकन गरेको फिल्म मित्र डी. गुरुङको सम्पादनमा बनेको छ।

प्रकाशित: १३ कार्तिक २०८२ १३:४० | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast