काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको महत्त्वपूर्ण शृंखलामा आइतबार नेपालले बलियो प्रतिद्वन्द्वी अमेरिकाको सामना गर्दैछ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने उक्त खेलमा नेपाली टोलीले पहिले फिल्डिङ गर्ने भएको छ । नेपाली टोलीले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो। खेल बिहान ११:१५ बजे सुरु हुनेछ।
नेपाल र अमेरिकाबीच हालसम्म नौवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ। त्यसमध्ये नेपालले चार र अमेरिकाले चार खेलमा जीत हात पारेका छन् । एक खेल भने अनिर्णित रूपमा सकिएको छ ।
प्रकाशित: ९ कार्तिक २०८२ १०:५८
प्रतिक्रिया



