अपराजित रहँदै च्याम्पियन बन्यो नेपाल

हिमाल प्रेस ३१ असोज २०८२ १९:३१ | Friday, October 17, 2025
अपराजित रहँदै च्याम्पियन बन्यो नेपाल

काठमाडौँ- आईसीसी ट्वान्टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्न सफल भएको छ। नेपाल अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको हो।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओविरुद्ध १२४ रनको फराकिलो जित निकालेको छ।

नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामाओले पूरै ओभर खेलेर सात विकेटको क्षतिमा जम्मा ८७ रन मात्रै बनाउन सक्यो। सामाओका लागि सेन सोलियाले ४० र बेन्जामिन माइलाताले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि ललितनाराण राजवंशीले तीन तथा सन्दीप लामिछाने, करण केसी र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २११ रन बनाएको थियो। नेपालका लागि आसिफ सेखले ४१ बलमा सर्वाधिक ६९ रन बनाएका थिए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ५३, लोकेस बमले नटआउट ३९, रोहित पौडेलले नटआउट २१ र कुशल भुर्तेलले १७ रन बनाएका थिए।

प्रकाशित: ३१ असोज २०८२ १९:३१ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast