झापामा सर्पको डसाइबाट बालकको मृत्यु

हिमाल प्रेस ३१ असोज २०८२ १०:५९ | Friday, October 17, 2025
झापामा सर्पको डसाइबाट बालकको मृत्यु

झापा- सर्पको डसाइबाट आज अर्जुनधारा-११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको मृत्यु भएको छ। उनलाई गएराति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेको हो।

राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्‍याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको थियो।

उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिए।

प्रकाशित: ३१ असोज २०८२ १०:५९ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast