कांग्रेस बैठक : नियमित महाधिवेशन गर्न नेताहरूको जोड

हिमाल प्रेस ३० असोज २०८२ १९:१६
22
SHARES
कांग्रेस बैठक : नियमित महाधिवेशन गर्न नेताहरूको जोड

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले छिटो भन्दा छिटो पार्टीको नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरुले पार्टीको १५ औँ महाधिवेशन तयारी सम्बन्धमा नेतृत्व गम्भीर हुनुपर्ने र छिटो भन्दा छिटो पार्टीको नियमित महाधिवेशन हुनुपर्ने सुझाव दिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

उनले महाधिवेशन कार्यतालिकाका विषयमा बैठकमा कुनै प्रस्ताव नआएको भन्दै सदस्यको सुझावका आधारमा बैठकले उचित निर्णय लिने बताए। त्यस्तै नेताहरुले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविन हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने, निर्वाचनको तयारीका लागि सरकारले ध्यान दिनुपर्ने लगायतका धारणा राखेको प्रवक्ता महतले बताए।

बैठकमा डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा राखेका थिए। बैठकको सभापतित्व गरेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए। बैठक शुक्रबार पनि जारी रहने प्रवक्ता महतले जानकारी दिए।

प्रकाशित: ३० असोज २०८२ १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast