धुलिखेल मालपोतका खरिदार भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमाल प्रेस २८ असोज २०८२ १५:२८ | Tuesday, October 14, 2025
धुलिखेल मालपोतका खरिदार भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेल, काभ्रेका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार साविक दोलालघाट गाविस–७ का फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरू धनीको नाममा छुट दर्ता गरिदिने बहानामा भण्डारीले सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएका थिए।

उक्त घटनामा भण्डारीविरुद्ध सोही रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र जरिवानाको मागसहित मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

विज्ञप्ति

प्रकाशित: २८ असोज २०८२ १५:२८ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast