उदयपुरमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

हिमाल प्रेस २७ असोज २०८२ १३:२२ | Monday, October 13, 2025
उदयपुरमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

कटारी- उदयपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आज जिल्लाको त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित भित्री कच्ची सडकमा मधेश प्रदेश ०१–००१त २५६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदलयात्री स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो। उपचारका क्रममा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका हुन्।

ट्याक्टर चालक स्थानीय २४ वर्षीय धर्मेन्द्र राजधामी घटनापश्चात फरार छन्। उनलाई प्रहरीले खोजी गरिरहेको छ। ट्याक्टरधनी ४० वर्षीया रामनिवास राजधामीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २७ असोज २०८२ १३:२२ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast