तराईमा हुस्सु लागेर सडक र हवाई यातायातमा असर, शतर्क अपनाउन आग्रह

हिमाल प्रेस ३० पुष २०७९ ७:००
4
SHARES
तराईमा हुस्सु लागेर सडक र हवाई यातायातमा असर, शतर्क अपनाउन आग्रह

काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै भूभागहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ।
आज दिउँसो कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रकाशित: ३० पुष २०७९ ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eight =