कपनमा मोटरसाइकल दुर्घटना, उपचार क्रममा एकको मृत्यु

हिमाल प्रेस २६ असोज २०८२ ११:५३ | Sunday, October 12, 2025
कपनमा मोटरसाइकल दुर्घटना, उपचार क्रममा एकको मृत्यु

काठमाडौँ- काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकिल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने,‘गए राति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए। उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।’

प्रकाशित: २६ असोज २०८२ ११:५३ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast