लाखौँ खर्चेर फिल्म बनायो, यूट्यूबका साथीहरूले रिलिजअघि नै देखाइदिनु हुन्छ : भुवन केसी

हिमाल प्रेस २९ पुष २०७९ २१:४२ | Friday, January 13, 2023
लाखौँ खर्चेर फिल्म बनायो, यूट्यूबका साथीहरूले रिलिजअघि नै देखाइदिनु हुन्छ : भुवन केसी फाइल तस्बिर।

काठमाडौँ– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म सुटिङका क्रममा नै भिडियो सार्वजनिक गर्नेलाई कारबाही गरिने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित चलचित्र निर्माताहरूको वृहत भेला तथा छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

फिल्म सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र फिल्ममा हुने क्षति तिराउने गरी कानुन निर्माण गरेर कार्यान्वयन गरिने उनको भनाइ छ।

पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको बताउँदै उनले चलचित्र निर्माणका लागि स्टुडियो, प्रहरीको भ्यानलगायतका स्वीकृति लिन नै झन्झट व्यहोर्नुपरेको अध्यक्ष केसीले बताए।

नेपाली निर्माताहरू फिल्म निर्माणका लागि घरखेत बेचेर लाग्ने गरेको तर युट्युब पत्रकारहरूले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरूलाई ठूलो क्षति भइरहेको भन्दै उनले दु:ख व्यक्त गरे। ‘लाखौं खर्चेर फिल्म बनाइएको हुन्छ। यूट्यूबका पत्रकार साथीहरूले रिलिजअगाडि नै देखाइदिँदा निर्माताहरूलाई धेरै नै संकट छ,’ उनले भने।

उनले बोर्डमा आएपछि प्रभावकारी रूपमा काम गर्न नपाएको पनि उल्लेख गरे।

प्रकाशित: २९ पुष २०७९ २१:४२ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast