सिरहाबाट दुई क्विन्टल गाँजा बरामद

हिमाल प्रेस २४ असोज २०८२ १२:०५ | Friday, October 10, 2025
सिरहाबाट दुई क्विन्टल गाँजा बरामद फाइल तस्बिर

सिरहा- सिरहाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान् गाउँपालिका–२ स्थित बलान नदीे किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो।

यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीका अनुसार खोला किनारमा लुकाइएको अवस्थामा नौ बोरा गाँजा बरामद भएको हो। खोला किनारमा गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी जारी छ।

प्रकाशित: २४ असोज २०८२ १२:०५ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast