सुनको मूल्य निरन्तर अकासिँदो, प्रतितोला कति?

हिमाल प्रेस २३ असोज २०८२ ११:३७
8
SHARES
सुनको मूल्य निरन्तर अकासिँदो, प्रतितोला कति?

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको छ।

चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक तोला चाँदी रु दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार २५ मा क्रयविक्रय भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित: २३ असोज २०८२ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast