निमावि शिक्षकलाई पदस्थापन गर्न निर्देशन

हिमाल प्रेस २९ पुष २०७९ १६:३२ | Friday, January 13, 2023
निमावि शिक्षकलाई पदस्थापन गर्न निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निम्नमाध्यमिक तहका शिक्षकलाई नियुक्ति तथा पदस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारलाई पदस्थापन गर्न केन्द्रले निर्देशन दिएको हो।

विषयगत र प्रदेशगत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरण, जिल्लाको विषयगत पदसंख्यासहितको विवरण साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निणर्यबाट स्वीकृत शिक्षक पदस्थापनका आधार एवं मार्गदर्शन सहितको विवरणमा भएअनुसार पदस्थापन गर्न निर्देशन दिएको छ।

यसका साथै केन्द्रले सातवटै प्रदेशका शिक्षा विकास निर्देशनालयमा स्वीकृत शिक्षक पदस्थापनका आधार एवं मार्गदर्शनमा तोकिएबमोजिम नियुक्ति तथा पदस्थापन गर्न निर्देशन दिएको हो।

प्रकाशित: २९ पुष २०७९ १६:३२ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast