ट्यारिफ शक्तिको प्रयोग गरेर भारत–पाकिस्तान द्वन्द्व रोकेँ: ट्रम्प

हिमाल प्रेस २१ असोज २०८२ १२:२५
12
SHARES
ट्यारिफ शक्तिको प्रयोग गरेर भारत–पाकिस्तान द्वन्द्व रोकेँ: ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ र व्यापार नीतिमार्फत भारत–पाकिस्तानबीचको द्वन्द्व रोक्न सफल भएको पुनः दाहोर्‍याएका छन्। ट्रम्पले व्हाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै यो दाबी गरेका हुन्।

के तपाईँ ट्यारिफबारे आफ्नो दृष्टिकोष परिवर्तन गर्नुहुन्छ पत्रकारहरूको प्रश्नको जवाफमा उनले भने,‘यदि मेरो हातमा ट्यायरिफको शक्ति हुने थिएन भने, आज सातमध्ये कम्तीमा चार युद्ध चलिरहेको हुन्थ्यो। मैले युद्ध रोक्नका लागि ट्यारिफको प्रयोग गरेको हुँ।’

ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्वको पनि प्रसंग उठाए। उनले भने,‘यदि तपाईँ भारत र पाकिस्तानलाई हेर्नुभयो भने, उनीहरू युद्धका लागि तयार थिए। सातवटा लडाकु विमान खसालिएका थिए। उनीहरू तयार थिए। र, उनीहरू दुवै परमाणु शक्ति सम्पन्न देश हुन्।’

आफूले भारत–पाकिस्तानबीचको युद्ध रोक्न भूमिका खेलेको ट्रम्पले आफ्नो दाबी दोहोर्‍याए।

‘मैले उनीहरूलाई जे भनेँ, त्यसको ठूलो प्रभाव पर्‍यो र उनीहरू रोकिए। मैले जे कुरा उठाएँ, त्यो सबै ट्यारिफ र व्यापारसँग सम्बन्धित थियो,’ उनले भने।

राष्ट्रपति ट्रम्पले यसअघि पनि पटक–पटक भारत–पाकिस्तानबीचको संघर्ष रोक्ने श्रेय लिन खोजेका छन्। तर, भारतले उनको दाबीलाई बारम्बार अस्वीकार गर्दै आएको छ।

पाकिस्तानी सेनाको अनुरोधमा द्वन्द्व रोकिएको भारतले दाबी गर्दै आइरहेको छ। भारत–पाकिस्तानको समस्या पूर्णरूपमा द्विपक्षीय विषय भएकाले यसमा बाह्य हस्तक्षेपाको आवश्यकता नरहेको भारतको भनाइ छ।

प्रकाशित: २१ असोज २०८२ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast