बालेनले भने- जोखिममा रहेका ३९३ जना महानगरको आश्रयमा छन्

हिमाल प्रेस १८ असोज २०८२ १९:४८
14
SHARES
बालेनले भने- जोखिममा रहेका ३९३ जना महानगरको आश्रयमा छन्

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले जोखिममा रहेका ३९३ जनालाई आश्रय दिएको छ। उनीहरूलाई काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयमा आश्रय दिइएको नगर प्रमुख बालेन शाहले जनाएका छन्।

उनका अनुसार महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थल (सेल्टर) व्यवस्था गर्न सकिनेछ। उनीहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको प्रमुख बालेनले जनाएका छन्।

उनका अनुसार विश्व निकेतन स्कुल, त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी स्कुल थापाथलीमा ५२, जनविकास स्कुल, कुलेश्वरमा ५२ परिवार (२५१ जना) र महेन्द्र सरस्वती आधारभूत स्कुल, टेकुमा २० जना बसिरहेका छन्।

प्रकाशित: १८ असोज २०८२ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast