
काठमाडौँ- महोत्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। महोत्तरीको बर्दिवास नगरपालिका–१० खयरमारास्थित स्कुलअगाडि बस दुर्घटना भएको हो।
र्दुघटनामा परी ७० वर्षीय चौथाई चौधरी र १२ वर्षीय बालक प्रवीण खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै दुर्घटनामा परी एक दर्जनबढी यात्रु घाइते भएका छन्।
सर्लाहीको झारी बथान भन्ने ठाउँबाट काठमाडौँका लागि छुटेको ना ६ ख १४६४ नम्बरको बस दुर्घटना भएको हो। प्रहरीका अनुसार तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर शुक्रबार बिहान ७ बजे दुर्घटना भएको हो।
घाइतेहरूको बर्दिवासका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।
प्रकाशित: १७ असोज २०८२ ९:०३
प्रतिक्रिया