इटहरी कार्यपालिका बैठक : शान्ति, सुरक्षालाई प्राथमिकता

हिमाल प्रेस १३ असोज २०८२ २०:०२
16
SHARES
इटहरी कार्यपालिका बैठक : शान्ति, सुरक्षालाई प्राथमिकता

इटहरी – जेनजी आन्दोलनपश्चात् आगजनी र तोडफोडले क्षतिग्रस्त भएको इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको भवनमै सोमबार बसेको १५० औँ कार्यपालिका बैठकले शान्ति, सुरक्षालाई प्राथमिकता दिएको छ।

बैठकले नगरको शान्ति, सुरक्षा र सेवा प्रवाहलाई प्राथमिकता दिँदै चारवटा निर्णय गरेको हो।

इलाका प्रहरीलाई उपयुक्त स्थानमा व्यवस्थित गर्ने र सोही स्थानबाट ट्राफिक प्रहरीले पनि सेवा प्रवाह गर्ने व्यवस्था गर्ने निर्णय प्रमुख रहेको छ। मेयर हेमकर्ण पौडेलका अनुसार यसले भीडभाड नियन्त्रण, दुर्घटना न्यूनीकरण र यातायात सहज बनाउन सहयोग गर्नेछ।

त्यसैगरी, आन्दोलनका क्रममा शहादत प्राप्त गरेका परिवारलाई प्रति परिवार एक–एक लाख रुपैयाँ सहयोग गर्ने र नगर सुरक्षाका लागि तत्काल नयाँ दमकल खरिद गरी सञ्चालनमा ल्याउने निर्णय गरिएको छ।

जेनजी आन्दोलनका क्रममा उपमहानगरको दमकलसहित मेयर बस्ने भवन, सवारीसाधन र अन्य संरचना जलेर नष्ट भएका थिए। दमकल अभावले आगलागी नियन्त्रणमा चुनौती थपिएको भन्दै यसलाई तत्काल समाधान गर्न कार्यपालिकाले विशेष प्राथमिकता दिएको छ।

प्रकाशित: १३ असोज २०८२ २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast