मिथुन मन्हास बने बीसीसीआईका अध्यक्ष

हिमाल प्रेस १२ असोज २०८२ १८:१६ | Sunday, September 28, 2025
मिथुन मन्हास बने बीसीसीआईका अध्यक्ष

काठमाडौँ- पूर्वक्रिकेटर मिथुन मन्हास भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष नियुक्त भएका छन्। मन्हास बोर्डको अध्यक्ष नियुक्त भएको उपाध्यक्ष राजीव शुक्लाले जानकारी दिएका हुन्।

सञ्चारकर्मीहरूसँग शुक्लाले भने,‘बीसीसीआई अध्यक्षको चुनाव सम्पन्न भएको छ। चुनाव अधिकृतले नयाँ अध्यक्षको घोषणा गरिसकेका छन्। मिथुन मन्हास बीसीसीआईका अध्यक्षमा निर्वाचित भएका छन्।’

गत अगस्तमा पूर्वभारतीय अलराउन्डर रोजर बिन्नीले पद छोडेपछि अध्यक्षको कुर्सी खाली भएको थियो। त्यसबेलादेखि उपाध्यक्ष शुक्ला कार्यवाहक अध्यक्षका रूपमा रहेका थिए।

मन्हास बीसीसीआईको शीर्ष पदमा पुग्ने पहिलो ‘अनक्याप्ड’ (भारतीय राष्ट्रिय टिमका लागि खेल्न नपाएका) क्रिकेटर हुन्।

मन्हास मूलतः जम्मु–कश्मीरका हुन्। तर, उनले घरेलु क्रिकेट दिल्लीका लागि खेले र यो टिमको कप्तानीसमेत गरेका थिए।

मन्हासले सन् १९९७–९८ देखि २०१६–१७ सम्म १५७ प्रथम श्रेणी क्रिकेट खेले, जहाँ उनले ९ हजार ७१४ रन बनाए। यस्तै १३० लिस्ट–ए खेलमा ४ हजार १२६ रन र ९१ टी–२० मा १ हजार १७० रन बनाएका थिए।

घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेकै कारण उनको छनोट आईपीएलको पहिलो संस्करणमा भएको थियो। उनले २००८ मा दिल्ली डेयरडेभिल्सबाट आईपीएलमा डेब्यु गरेका थिए। त्यसपछि २०११ मा पुणे वारियर्स इन्डियनसँग आवद्ध भए र पछि चेन्नई सुपर किंग्स टिमको पनि सदस्य बने।

प्रकाशित: १२ असोज २०८२ १८:१६ | Sunday, September 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast