पार्टीलाई नियमित महाधिवेशनमार्फत अगाडि बढाउँछौँ : महत

हिमाल प्रेस १२ असोज २०८२ १४:२०
12
SHARES
पार्टीलाई नियमित महाधिवेशनमार्फत अगाडि बढाउँछौँ : महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई नियमित महाधिवेशनमार्फत अघि बढाउने बताएका छन्। इतर समूहले विशेष महाधिवेशन बोलाउन माग गरिरहेका बेला प्रवक्ता महतले यस्तो बताएका हुन्।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महतले विशेष महाधिवेशन बोलाउनुपर्ने माग उचित नभएको भन्दै पार्टीलाई नियमित महाधिवेशनमार्फत अघि बढाउने बताए।

महाधिवेशनलगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा असोज २६ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आवश्यक निर्णय गर्ने उनले जानकारी दिए।

मुलुक अप्ठेरो अवस्थामा रहेकाले कांग्रेसका नेता कार्यकर्ता एक भएर अघि बढ्नुपर्ने उनले बताए। त्यस्तै महतले देश छाड्न राहदानी बनाएको भन्दै शेरबहादुर देउवामाथि भएको टिकाटिप्पणीमा सत्यता नरहेको जिकिर गरे। पासपोर्ट बनाउने हरेक नागरिकको अधिकार भएको भन्दै देउवालाई अपराधी जस्तो बनाएर अनर्गल प्रचार गरिएको उनले बताए।

दलहरुलाई निर्वाचनमा भाग लिन दिन्नौँ भन्ने अधिकार कसैलाई नरहेको भन्दै उनले निरंकुश शासनलाई सफल हुन नदिने स्पष्ट पारे। महतले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन हुनुपर्ने र सरकार पूर्वाग्रही भएर चल्न नहुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast