वेष्ट इन्डिजमाथि नेपालको सानदार जित

हिमाल प्रेस १२ असोज २०८२ ६:३६ | Sunday, September 28, 2025
वेष्ट इन्डिजमाथि नेपालको सानदार जित

काठमाडौँ– नेपालले आईसीसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।

यूएईको शारजाहमा शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले वेस्ट इन्डिजमाथि १९ रनको जित निकालेको हो।

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा १२९ रन मात्र जोड्न सक्यो।

वेस्ट इन्डिजका लागि ओपनिङ ब्याटर आमिर जन्गुले १९ रन जोडे भने अर्का ओपनर काइल मेयर्सलाई ५ रनमा कुशल भुर्तेलले रनआउट गरेका थिए।

त्यसपछि ज्वेल एन्ड्रयू ५ रन र अकेम अगस्टे १५ रनमा आउट भए। लगातार विकेट लिएको नेपालसामू वेस्ट इन्डिजका बलर खुलेर ब्याटिङ गर्न असफल भए।

नविन बिदैसीले २२ रन बनाए। खेल आफ्नो नियन्त्रणमा लिएको नेपालका लागि सोमपाल कामीले १८औं ओभरमा १९ रन खर्चिए। एक नोबल दिएका सोमपाललाई अकिल हुसेन र फाबियन एलेन मिलेर १९ रन बनाएका थिए।

तर १९औं ओभरमा करण केसीले एक विकेटसहित २ रन मात्र खर्चिदा नेपाल खेलमा फर्कियो। अन्तिम ओभरमा वेस्ट इन्डिजलाई जितका लागि २८ रन चाहिएको थियो। जसमा दीपेन्द्रसिंह ऐरीले एक विकेटसहित ८ रन मात्र दिए।

बलिङमा नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए। उनले ४ ओभरमा १७ रन मात्र दिए। दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १-१ विकेट हात पारे।

प्रकाशित: १२ असोज २०८२ ६:३६ | Sunday, September 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast