
काठमाडौँ– वेष्ट इन्डिजविरुद्धको ऐतिहासिकका टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
यूएईस्थित शारजाह क्रिकेट मैदानमा वेष्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ। खेल सवा ८ बजे सुरु हुनेछ।
नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल ले रोहित पौडेलको कप्तानीमा ११ सदस्यीय सुरुवाती टोली घोषणा गरेका छन्। टोलीमा लेग स्पिनर सन्दीप लामिछाने परेनन्। त्यस्तै लामो समयपछि टिममा फर्केका आदिल आलम पनि पहिलो खेलमा अटाएनन्।
प्रकाशित: ११ असोज २०८२ २०:१२
प्रतिक्रिया