
काठमाडौँ– भारतले अपराजित रहँदै एसिया कपको फाइनल खेल खेल्ने भएको छ ।
एक खेलअगावै फाइनलमा स्थान सुरक्षित गरिसकेको भारतले सुपर फोरको अन्तिम खेलमा श्रीलंकाविरुद्ध जित निकाल्दै प्रतियोगितामा अपराजित यात्रा कायम राखेको हो ।
गएराति भएको खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा पराजित गर्यो । निर्धारित २० ओभरमा दुवै टोलीले समान ५–६ विकेट गुमाएर समान २०२–२०२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा भारतले ३ रनको लक्ष्य दिएकोमा श्रीलंकाले पूरा गर्न सकेन ।
जारी प्रतियोगितामा भारतले समूह चरण र सुपर फोरका सबै खेल जित्यो । समूह चरणमा ग्रुप ‘ए’मा रहेको भारतले पाकिस्तान, यूएई र ओमानलाई पराजित गर्यो । भने, सुपर फोरमा पाकिस्तान, बंगलादेश र श्रीलंकालाई पराजित गर्यो ।
अब भारतले उपाधिका लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । जित दर्ता भएमा भारतले अपराजित रहँदै यस वर्ष (२०२५)को एसिया कपको उपाधि हात पार्नेछ ।
यसअघि २०२३ मा सम्पन्न एसिया कपको उपाधि भारतले जितेको थियो । जसमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।