शिक्षामन्त्री पुनलाई आजदेखि मन्त्रालयमा खानेबस्ने व्यवस्था

हिमाल प्रेस ७ असोज २०८२ १७:०६
62
SHARES
शिक्षामन्त्री पुनलाई आजदेखि मन्त्रालयमा खानेबस्ने व्यवस्था

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुन मंगलबारदेखि केशरमहलस्थित मन्त्रालयमै बस्ने भएका छन्। सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमै आवासको व्यवस्था मिलाउन उनले निर्देशन दिएका थिए। त्यसअनुसार केशरमहलभित्रै बस्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

‘कोठा भेटिएको छ। आज बेलुकादेखि मन्त्रीज्यू मन्त्रालयमै बस्नु हुन्छ। सुत्ने र खाने आधारभूत सुविधा मिलाइएको छ,’ मन्त्रालयकी सहसचिव अनिता निरौलाले हिमालप्रेससँग भनिन्। मन्त्री पुनलाई खाना बनाउनका लागि तत्काल मन्त्रालयकै कर्मचारीले सहयोग गर्ने पनि उनले जानकारी दिइन्।

जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित मन्त्रालय भवन जलाएपछि अहिले मन्त्रालयले केशर महलबाट सेवा प्रवाह गर्दै आएको छ। सेवामा कुनै असर नपर्ने गरी मन्त्री पुनका लागि कोठा तयार पारिएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast