१० घण्टा अवरुद्ध नागढुंगा-मुग्लिन सडक सञ्चालनमा

हिमाल प्रेस ७ असोज २०८२ १५:३७ | Tuesday, September 23, 2025
१० घण्टा अवरुद्ध नागढुंगा-मुग्लिन सडक सञ्चालनमा पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङखोलामा खसेको पहिरो। आज बिहान ५ बजेदेखि पहिरोका कारण मुग्लिन-मलेखु सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ। तस्बिर : हीरालाल गुरुङ/रासस

काठमाडौँ- धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक फेरि दुईतर्फी सञ्चालनमा आएको छ।

मंगलबार बिहान करिब ५ बजे खसेको ठूलो पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन लामो जाममा परेका थिए र यात्रुहरू अलपत्र भएका थिए।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार करिब १० घण्टा लगाएर पहिरो हटाइएपछि सडक सुचारु भएको हो।

ठूलो पहिरो पन्छाउन धेरै समय लाग्ने भएपछि सडक विभागले काठमाडौँ भित्रिने र बाहिरिने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको थियो।

प्रकाशित: ७ असोज २०८२ १५:३७ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast