मलेसियाविरुद्धको टी२० शृंखलाका लागि क्यानले बनायो महिला क्रिकेट टोली, सीताको पुनरागमन

हिमाल प्रेस ४ असोज २०८२ १३:४४ | Saturday, September 20, 2025
मलेसियाविरुद्धको टी२० शृंखलाका लागि क्यानले बनायो महिला क्रिकेट टोली, सीताको पुनरागमन

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आज मलेसियाविरुद्धको टी२० शृंखलाका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। अनुभवी खेलाडी सीता राना मगरले टोलीमा पुनरागमन गरेकी छिन्।‌ यसअघिको टोलीमा ५ खेलाडी परिवर्तन गरिएको छ।

सीता चोटका कारण लामो समय मैदान बाहिर थिइन्। यशोदा बिष्ट पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल रहिन्। नेपाल र मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीबीच असोज १६ देखि २२ गते (अक्टोबर २ देखि ८) सम्म टी २० शृंखला हुनेछ।

त्यसअघि असोज ८ देखि १४ गते (सेप्टेम्बर २४ देखि ३०) सम्म हुने मलेसियन सुपर वुमन्स शृंखलामा नेपाली टोलीका खेलाडीले ५ फरक टोलीबाट खेल्नेछन्। ग्लोबल क्वालिफायरको तयारीको लागि यो सिरिजमा नेपालले सहभागिता जनाउन लागेको हो।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली

इन्दु बर्मा, पूजा महतो, राजमति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिष्ट, सावित्रा धामी,कविता कुँवर, रुविना क्षेत्री, सीता राना मगर

प्रकाशित: ४ असोज २०८२ १३:४४ | Saturday, September 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast