पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

हिमाल प्रेस ३ असोज २०८२ २०:१०
22
SHARES
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध तस्बिर : मुग्लिङ बजार

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा शुक्रबार साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिइन्। माथिबाट पहिरो आउने जोखिम कायमै रहेको उनको भनाइ छ।

शुक्रबार दिउँसोदेखि पहिरो खस्ने र पन्छाउने काम गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साँझपख आएको पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ। पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ।

प्रकाशित: ३ असोज २०८२ २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast