क्रिकेट टोलीको बिदाई

हिमाल प्रेस २ असोज २०८२ १८:५९ | Thursday, September 18, 2025
क्रिकेट टोलीको बिदाई

काठमाडौँ– वेस्टइन्डिजविरुद्ध हुने युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न यूएई जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरिएको छ।

बिहीबार टीयू मैदान कीर्तिपुरमा क्यानले आयोजना गरेको कार्यक्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यान पदाधिकारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेका हुन्।

नेपालले यूएईमा वेस्टइन्डिजविरुद्ध तीन खेलको ट्वान्टी–२० शृंखला खेल्दैछ। जसमा नेपालले आगामी असोज ११, १३ र १४ गते खेल्नेछ। यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ। छनोट चरण पार गर्दै तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य रहेको छ।

बिदाई कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्टइन्डिजसँगको सिरिज नेपालका लागि निकै महत्वपूर्ण रहेको भन्दै टिमले राम्रो तयारी गरेको र खेलाडी तयार रहेको बताए। उनले विश्वकप छनोटका लागि पनि त्यसअघिको खेलमा विशेष ध्यान दिएको उल्लेख गरे।

बिदाई कार्यक्रमअघि जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा नेपाली क्रिकेट टोलीले मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका थिए। आन्दोलनका क्रममा क्रिकेट खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको थियो।

प्रकाशित: २ असोज २०८२ १८:५९ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast