एमाले कहिल्यै युवाबाट टाढा छैन : शंकर पोखरेल

हिमाल प्रेस १ असोज २०८२ १९:३५
16
SHARES
एमाले कहिल्यै युवाबाट टाढा छैन : शंकर पोखरेल फाइल तस्बिर

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको बताएका छन्।

एमालेका केन्द्रीय विभागको बैठकलाई आज (बुधबार) सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताएका हुन्।

महासचिव पोखरेलले एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उल्लेख गरे। सोही क्रममा जेनजी प्रदर्शनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरियो। एमालेले असोज ३ गते संविधान दिवस मनाउने तयारीका लागि पार्टीको विभागीय बैठक राखेको थियो।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आगामी असोज ३ गते संविधान दिवस भव्यतापूर्वक मनाउने जानकारी दिए।

महासचिव पोखरेलले परिपत्र गर्दै संविधान दिवस भव्यताका साथ मनाउन प्रदेश कमिटी र जिल्ला कमिटी अध्यक्षलाई निर्देशन दिइसकेका छन्।

प्रकाशित: १ असोज २०८२ १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast