समाजमा हत्या र बलात्कार बढ्नुमा भदौ २४ को विध्वंसले सिर्जना गरेको अराजकता हो : शंकर पोखरेल

हिमाल प्रेस ८ भदौ २०८३ ६:२१ | Monday, August 24, 2026
समाजमा हत्या र बलात्कार बढ्नुमा भदौ २४ को विध्वंसले सिर्जना गरेको अराजकता हो : शंकर पोखरेल

काठमाडौँ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र बुझ्न नहुने बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले यस्ता घटनाहरू सामाजिक अराजकता, कमजोर राज्य व्यवस्था तथा २०८२ भदौ २४ गतेको विध्वंसात्मक अराजकताले सिर्जना गरेको विचलित मनोविज्ञानको परिणाम भएको बताएका हुन्।

महासचिव पोखरेलका अनुसार देशको पछिल्लो अवस्थाले समाजमा आत्महत्याको श्रृंखलासमेत वृद्धि गराएको छ। समाजमा अपराध बढ्दै जाँदा नागरिकमा असुरक्षा र भयको मनोविज्ञान सिर्जना हुने उनको भनाइ छ।

महासचिव पोखरेलले २०८२ भदौ २४ गते भएको विध्वंसकारी घटनाका योजनाकार तथा दोषीहरूको पहिचान गरी कानुनी रूपमा दण्डित गर्नुपर्नेमा जोड दिएका छन्।

उक्त घटनाका दोषीहरूलाई कारबाही नगरेसम्म अपराधीहरू निर्भय हुने र नागरिकहरू सदैव भयभीत तथा असुरक्षित रहने अवस्था कायम रहने महासचिव पोखरेलको निष्कर्ष छ।

प्रकाशित: ८ भदौ २०८३ ६:२१ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast