
काठमाडौँ- वेस्ट इन्डिजसँगको टी २० आई शृंखला लागि नेपाल क्रिकेट संघ (क्यान) नेपाली टोली घोषणा गरेको छ। क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ।
हालै भारत गएर ५ टी २० खेलेको नेपाल ए टिमबाट सन्दिप जोरा, आदिल आलम लगायतका खेलाडी पनि समेटिएका छन्।
खेल यूएईको सारजाह क्रिकेट मैदानमा असोज ११, १३ र १४ गते हुँदैछ।
नेपाली टोली
१ रोहित कुमार पौडेल [कप्तान]
२ दीपेन्द्रसिंह ऐरी [उपकप्तान]
३ कुशल भुर्तेल
४ लोकेस बम
५ कुशल मल्ल
६ आसिफ सेख
७ आदिल अन्सारी
८ करण केसी
९ नन्दन यादव
१० सन्दीप लामिछाने
११ सन्दीप जोरा
१२ आरिफ सेख
१३ ललितनारायण राजवंशी
१४ गुलशन झा
१५ सोमपाल कामी
१६ साहब आलम
प्रकाशित: ३० भदौ २०८२ १४:२६
प्रतिक्रिया