पूर्वप्रधानन्यायाधीश सुशीला कार्की
काठमाडौँ- पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ।
प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्चपद सम्हालेकामा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ।
पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गरेका छन्। रासस
प्रकाशित: २९ भदौ २०८२ १२:०६ | Sunday, September 14, 2025
प्रतिक्रिया




