वीरगन्ज महानगरले भन्यो- विद्यालय प्रशासन सञ्चालन गर्नू

हिमाल प्रेस २९ भदौ २०८२ १०:०३ | Sunday, September 14, 2025
वीरगन्ज महानगरले भन्यो- विद्यालय प्रशासन सञ्चालन गर्नू

पर्सा- देशभरमा असहज परिस्थितिका कारण विगत केही दिनदेखि प्रभावित हुँदै आएको विद्यालयको शैक्षिक क्रियाकलाप क्रमिक रूपमा सहज बन्दै गएसँगै वीरगन्ज महानगरपालिकाले विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज आइतबारदेखि विद्यालय प्रशासन सञ्चालनमा ल्याउने तर सो दिन विद्यार्थीलाई विद्यालय नबोलाउने निर्णय गरेको जनाएको छ।

त्यससँगै, वीरगन्ज क्षेत्रमा हैजाको जोखिम कायमै रहेको भन्दै खानेपानी ट्यांकीमा क्लोरिन प्रयोग गर्नुपर्ने, शौचालय सफाइलगायत सरसफाइका मापदण्डलाई अनिवार्य पालना गर्न विद्यालय प्रशासनलाई निर्देशन दिइएको छ।

महानगरपालिकाले त्यसपश्चात शैक्षिक क्यालेन्डरअनुसार नियमित पठनपाठन सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै हैजा नियन्त्रणका उपाय तथा मनोसामाजिक परामर्शलाई पनि विद्यालय गतिविधिसँगै अघि बढाउन आग्रह गरेको छ।

यस्तै, जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी सुरक्षासम्बन्धी आदेशलाई मध्यनजर गर्दै विद्यालय सञ्चालनमा विशेष सतर्कता अपनाउनुपर्ने र कुनै स्वास्थ्य वा सुरक्षा जोखिम देखा परे तत्काल सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने महानगरपालिकाले जनाएको छ।

प्रकाशित: २९ भदौ २०८२ १०:०३ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast