संसद् विघटनको निर्णय विडम्बनापूर्ण : एमाले

हिमाल प्रेस २७ भदौ २०८२ २०:१९ | Friday, September 12, 2025
संसद् विघटनको निर्णय विडम्बनापूर्ण : एमाले फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले संसद विघटन गर्ने निर्णयलाई विडम्बनापूर्ण रहेको प्रतिक्रिया दिएको छ।

एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। उनले यो निर्णयपछि सतर्क रहँदै खबरदारी गर्नुपर्नेमा पनि जोड दिएका छन्।

महासचिव पोखरेलले विगतमा बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्दा असंवैधानिक भनेर मुद्दा हाल्नेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर भएको जिकिर गरेका छन्।

‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौँ, खबरदारी गरौँ,’ उनले भनेका छन्।

प्रकाशित: २७ भदौ २०८२ २०:१९ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast